१७, भाद्र २०८०, काठमाण्डौ
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शमीको आयोजनामा शनिवार बुढानील्कण्ठ नगरपालीका वडा १३ स्थित चुनीखेल गाम्छामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको शमि शाखा कार्यालय अन्तर्गतका उद्यमी सदस्यहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा सहभागिहरुको तर्फबाट वित्त बजार, पुँजी बजार, बैंक तथा वित्तीय संस्था, विमा र वित्तीय साक्षरता सम्वन्धमा जिज्ञाँसा राख्न समय प्रदान गरिएको थियो ।

कार्यक्रममा सदस्य तारा आचार्य, सोनु भोटे, निशा पौडेल ढकाल, उर्मिला लामिछाने पन्त, तारामाया तामाङ, दोर्जीमाया राई र शान्तकला मगराती लगाएतले संस्थाबाट कर्जा लिएपछि गरेको व्यवसायको विमा हुन्छ कि हुदैन, पुँजी बजार भनेको के हो ?, सिवाईसीबाट सदस्यको परिवार विरामी भएमा के कस्ता सुविधा उपलब्ध हुन्छ्न?, ब्याजको गणाना कसरी हुन्छ ?, कृषि व्यवसायको लागि सहुलीयत कर्जा कसरी उपलब्ध हुन्छ ?, सदस्यले तिरेको ब्याजबाट सदस्यलाईनै केही रकम फिर्ता हुन्छ कि हुदैन ?, शेयर खरिदविक्री कसरी गर्न सकिन्छ ? सरकारले छुट्याएको अनुदान किन वास्ताविक कृषकसम्म पुग्दैन लगाएतका विषयहरुमा जिज्ञाँसा राखेका थिए ।

सहभागिहरुबाट उठेका विषयहरुलाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रवन्ध सञ्चालक डालिन्द्रप्रसाद शर्माले वित्त बजार, विमा, बैंक तथा वित्तीय संस्था, वित्तीय साक्षरता सम्वन्धमा सम्वन्धमा प्रष्ट पार्नुभएको थियो भने एन.आई.वि.एल. एस क्यापीटलका अधिकृत सुशान्त अर्यालले पुँजीबजार सम्वन्धमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा प्रश्नकर्ता सहभागिहरु मध्येबाट एन.आई.वि.एल. एस क्यापीटलका तर्फबाट सोनु भोटे र दोर्जिमाया राईलाई रु. २५०० बराबरको म्युचल फण्ड पुरस्कार स्वरुप उपलब्ध गराईएको थियो ।
कार्यक्रमकै क्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का कृषक सदस्यहरुले गरेको व्यवसायको फिल्ड अवलोकन गरी सफलताको कथा संकलन गरिएको थियो ।

कार्यक्रम कृषि आधुनीक आत्मनिर्भर महिला केन्द्रका केन्द्र प्रमुख तारामाया तामाङको अध्यक्षता, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रवन्ध सञ्चाल शर्माको प्रमुख आतिथ्ता, काठमाण्डौ कलष्टर प्रमुख दयाराम थापाको स्वागत, नेपाल टेलीभिजन, वित्तीय साक्षरता कार्यक्रम संयोजक रोयल आचार्यको सहजिकरण र संस्थाको वरिष्ठ अधिकृत सुमन जि.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal