Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

अर्चले पिपलबोटमा सिवाईसी नेपाल लघुवित्तले दियो स्ट्रेचर

१९ माघ २०७७ पाल्पा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले निस्दी गाउँपालिका–६ अर्चलेमा स्ट्रेचर हस्तान्तरण गरेको छ । संस्थाको रामपुर शाखा मार्फत अर्चले पिपलबोट टोलका लागि स्ट्रेचर प्रदान गरेको हो ।

“बेरोजगार सँग रोजगार, उत्पादन सँग बजार, आर्थिक अभावसँग सिवाईसी नेपाल लघुवित्त” भन्ने मुल नाराका साथ सञ्चालित संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्ट्रेचर प्रदान गरेको हो । गाउँ सम्म यातायातको सुविधा भए पनि कोही विरामी पर्दा गाडी सम्म ल्याउनका लागि स्ट्रेचर नहुँदा समस्या भएको संस्थामा आवद्ध महिलाहरुले सुनाएका थिए ।

महिलाहरुको आग्रहमा संस्थाले स्ट्रेचर प्रदान गरेको रामपुर शाखा कार्यालयका प्रमुख दिपक खत्रीले बताउनुभयो । शाखा प्रमुख खत्री र संस्थाका कर्मचारी विर बहादुर थापाले र केन्द्र प्रमुख डुमिसरा खण्डलुलाई स्टेचर हस्तानतरण गर्नु भएको थियो । बागलुङ केन्द्रीय कार्यालय रहेको संस्थाले ससामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ ।