Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

सिवाईसीले गर्‍यो प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई विदाई

३१ भाद्र २०७७, बागलुङ

विगत ३ वर्षयता चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रोशनकुमार अधिकारीलाई संस्थाहरुले एक समारोहका विच बुधबार ससम्मान विदाई गरेका छन् ।

आफनो कार्यकालमा अधिकारीले दुबै संस्थाको विकासमा पु¥याएको योगदानको लागि उनलाई संस्थाहरुले सम्मान पनि गरेका छन् । निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्मा र चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले छुट्टाछुट्टै सम्मान पत्र र सम्झनाको चिनो सहित विदाई गरेका थिए ।

विदाईका क्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष शर्माले अधिकारीको कार्यकालमा संस्थाले हाँसील गरेका उपलब्धि र सफलताको प्रशंसा गर्नुभएको थियो । त्यस्तै चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले चारतारे युवा क्लव नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशिल बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । पौडेलले संस्थाबाट विदाई भएर गएतापनी सबैजना वित्तीय क्षेत्रमै रहने हुनाले यस पछाडि पनि अधिकारीसंग पारस्पारीक सहयोग र समन्वय रहिरने बताउनु भयो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीले सिवाईसीको ३ वर्षे बसाईमा आफुले प्रमुख कार्यकारी अधिकृतको रुपमा भन्दा पनि प्रशिक्षकको रुपमा काम गरेको बताउनु भएको थियो । अधिकारीले संस्थामा यस पूर्व पनि आर.एम.डि.सीको तर्फबाट २०६३ सालमा अनुगमनका लागि आएको र पुन संस्थामा आई फिन्गोबाट “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थामा रुपान्तरण गरी यो अवस्थामा ल्याई पु¥याएकोमा सन्तोष व्यक्त गर्नुभएको थियो ।

विदाई कार्यक्रममा चारतारे युवा क्लव सिवाईसी नेपालका सचिव विरवहादुर किसान, सिवाईसीका संस्थापक सीता शर्मा, सिवाईसी लघुवित्तका सञ्चालक ओमप्रकाश पौडेल र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट प्रवन्धक संगिता शर्माले अधिकारीलाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारी चारतारे युवा क्लव नेपालमा मिति २०७४ कार्तिक १ गतेदेखि नियुक्त हुनुभएको थियो भने नेपाल राष्ट्र बैंकको फिन्गोहरुलाई “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्ने नीति अनुसार संस्था रुपान्तरण भईसकेपछि मिति २०७५ असोज १ देखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यभार सम्हाल्नु भएको थियो ।