सुमन जि.सी.
२० भाद्र २०७७, बागलुङ

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती (एक्विीजीशन) गर्ने भएको छ ।
सिवाईसीले शालीग्रामलाई प्राप्ती (एक्विीजीशन) गर्ने सम्वन्धि समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रिय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।
प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न÷गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा आजको मितिले ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.राख्ने उल्लेख छ ।
हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । प्राप्ती (एक्विजिसन) पश्चात एकिकृत संस्थाको संस्थापक सेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजिको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रिको लागि निष्कासन गरेपश्चात चुक्ता पुँजि १२ करोड ५१ लाख कायम हुनेछ ।
समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै संस्थाका अध्यक्ष पद्मनाथ शर्माले प्राप्ती पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले स–साना संस्थाहरु धैरै बनाउने भन्दा पनि एउटा ठुलो संस्था बनाएर सदस्यहरुलाई कसरी वढि भन्दा वढि सुविधा दिन सकीन्छ भन्न दिशातर्फ जानुपर्ने बताउनु भयो । पछिल्लो समयमा लघुवित्त संस्थाहरु नाफामा मात्र केन्द्रित हुँदा लघुवित्त कार्यक्रमको मुल मर्मबाटै संस्थाहरु विचल्लीत भईरहेको समेत उहाँले बताउनु भएको थियो । कार्यक्रममा शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि प्राप्तीका समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शालिग्रामका सञ्चालक सन्तोष रावल, भ्रच्योल माध्यमबाट सिवाईसीका सञ्चालक डोलीन्द्र प्रसाद शर्मा तथा शालीग्रामका सञ्चालक ज्ञानेन्द्र सुवेदी र अर्जुन थापाले आफ्ना भनाई राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा समझदारी पत्र प्रस्तुत सिवाईसीका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र सञ्चालन सिवाईसीका प्रवन्धक संगिता शर्माले गर्नुभएको थियो ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal