Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

गुल्मीका ९ पालीकाको कोरोना कोषमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को सहयोग

२० जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा बागलुङ स्थित केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले गुल्मीका ९ स्थानीय तहहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गुल्मी स्थित मुसीकोट नगरपालीका, रेसुङ्गा गाउँपालीका, इस्मा गाउँपालीका, गुल्मीदरवार गाउँपालीका, मदाने गाउँपालीका, धुरकोट गाउँपालीका, चन्द्रकोट गाउँपालीका, कालीगण्डकी गाउँपाली र सत्यवती गाउँपालीकालाई संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गाउँपालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाको गुल्मी स्थित तम्घास शाखा कार्यालय, वामी शाखा कार्यालय, सिमलटारी शाखा कार्यालय र खैरेनी शाखा कार्यालयहरुको संयोजनमा पालीकाहरुलाई जम्मा ८५ हजार रकम हस्तान्तरण गरिएको हो ।

जसमध्ये मुसीकोट नगपालीकालाई २० हजार, चन्द्रकोट गाउँपालीकालाई १५ हजार, सत्यवती गाउँपालीकालाई १० हजार, कालीगण्डकी गाउँपालीकालाई १० हजार, रेसुङ्गा गाउँपालीकालाई १० हजार, इस्मा गाउँपालीकालाई ५ हजार, गुल्मीदरबार गाउँपालीकालाई ५ हजार, मदाने गाउँपालीकालाई ५ हजार र धुर्कोट गाउँपालीकालाई ५ हजार उपलब्ध गराएको संस्थाको सुचना तथा प्रविधि विभागले जानकारी दिएको छ ।

संस्थाका वामी शाखाका शाखा प्रमुख यानु बुढा, तम्घास शाखाका शाखा प्रमुख हेमप्रसाद गुरुङ, सिमलटारी शाखाका शाखा प्रमुख सुस्मिता श्रेष्ठ र खैरेनी शाखाका शाखा प्रमुख मनिषा गौतमले पालीकाका प्रमुख तथा प्रशासकिय अधिकृतलाई पालीकाको कार्यालयमै पुगी सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न कर्जामा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।