१४ जेठ २०७७
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय कुश्मिसेराले जैमीनी नगरपालीकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संस्थाले जैमीनी नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ हजार रकम सहयोग गरेको छ । जसमध्ये संस्थाको तर्फबाट रु. २० हजार र संस्थाको शाखा कार्यालयका कर्मचारीहरुको तर्फबाट रु. ५ हजार गरी उक्त रकम सहयोग गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले नेपालमा पनी सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने उद्देश्यले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाहरुले समुदाय प्रतिको उत्तरदायीत्वलाई ध्यानमा राखी केन्द्रिय कार्यालयले गरेको निर्णयानुसार शाखा कार्यालय कुश्मिसेराका शाखा प्रवन्धक कृष्ण कँडेलको नेतृत्वमा नगरपालीकाको कार्यालयमा पुगी नगरप्रमुख ईन्द्रराज पौडेललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । हस्तान्तरणको क्रममा नगरप्रमुख पौडेलले कोरोना भाईरसले उत्पन्न गरेको विषम परिस्थीतीमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले समाजप्रती देखाएको उत्तरदायीत्व प्रशंसनीय रहेको बताउनु भएको थियो उहाँले संस्थालाई सहयोगका लागि सिवाईसीलाई विशेष धन्यवाद तथा आभार समेत व्यक्त गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा शाखा प्रवन्धक कँडेलले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न बैशाख देखि आषाढ मसान्त सम्मको लागि ऋणमा लिदै आएको ब्याजदरमा ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको समेत जानकारी दिएक थिए ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal