Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

पर्वतका दुई पालीकाको कोरोना कोषमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि= को सहयोग

२१ जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा बागलुङ स्थित केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले पर्वतका २ स्थानीय तहहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संस्थाले पर्वत स्थित पैंयु गाउँपालीकामा रु. १० हजार र ब्यादी गाउँपालीका रु. ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गाउँपालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाको पर्वतमा रहेको हुवास शाखा र गुल्मीमा रहेको पुर्तिघाट शाखाको संयोजनमा उक्त रकम गाउँपालीकालाई हस्तान्तरण गरिएको थियो । संस्थाको पुर्तिघाट शाखाका शाखा प्रमुख झलक पौडेल र हुवास शाखाका शाखा प्रमुख दिपक नेपालले पैयु गा.पा. का प्रमुख खगेन्द्र प्रसाद तिवारी र उपप्रमुख जस्मती गुरुङलाई र व्यादी गा.पा. का उपप्रमुख डम्मरकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न कर्जामा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।