२० जेठ २०७७, पाल्पा
विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा बागलुङ स्थित केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले पाल्पा जिल्लाका ५ स्थानीय तहमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।
पाल्पाको तानसेन नगरपालीका, रामपुर नगरपालीका, वगनासकाली गाउँपालीका, रिब्दीकोट गाउँपालीका र रैनादेविछहरा गाउँपालीकामा गरी संस्थाले ३५ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
जिल्ला स्थित पालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त रकम सहयोग गरेको हो । संस्थाको पाल्पा स्थित तानसेन शाखा र रामपुर शाखको संयोजनमा नगरपालीकालाई १० हजार र गाउँपालीकालाई ५ हजारका दरले रकम हस्तान्तरण गरिएको संस्थाको सुचना तथा प्रविधि विभागले जानकारी दिएको छ ।
महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाको तानसेन शाखा कार्यालयका प्रमुख गिरीराज रेश्मीले तानसेन नगरपालीकाका प्रमुख अशोक शाही, वगनासकाली गा.पा. का अध्यक्ष कृष्णप्रसाद बस्याल, रिब्दीकोट गा.पा. का अध्यक्ष नारायण वहादुर जि.सी र रैनादेवी छहरा गा.पा. का अध्यक्ष रामवहादुर कार्कीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै रामपुर शाखाका शाखा प्रमुख दिपक खत्रीले रामपुर नगरपालीकाका प्रमुख रमण वहादुर थापालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न ऋणमा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal