Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

सिवाईसी नेपाल लघुवित्त र सिवाईसी साकोसद्वारा गल्कोट नगरपालीकाको कोरोना कोषमा सहयोग

१४ जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङ र सिवाईसी साकोसले संयुक्त रुपमा जिल्लाको एक पालिकामा आर्थिक सहयोग उपलब्ध गराएको छन् ।

जिल्लाको गल्कोट नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई दुई संस्थाले रु. ४५ हजार रकम सहयोग गरेको सिवाईसी नेपाल लघुवित्ती वत्तीय संस्थाको सुचना विभागले जानकारी दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले नेपालमा पनी सरकारले दुई महिनादेखि निरन्तर लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका गल्कोट क्षेत्रका गरीव, विपन्न, अशक्त र पछि परे पारिएका परिवारलाई राहात होस भन्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको कोषमा संस्थाहरुले उक्त रकम हस्तान्तरण गरेका हुन ।

संस्थाहरुले समुदाय प्रतिको उत्तरदायीत्वलाई ध्यानमा राखी केन्द्रिय कार्यालयले गरेको निर्णयानुसार शाखा कार्यालय हटियाको संयोजनमा नगरपालीकाको कार्यालयमा पुगी नगरप्रमुख भरत शर्मा गैरेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । हस्तान्तरणको क्रममा नगरप्रमुख गैरेले विश्वभरनै कोरोना भाईरसले सबैलाई आतंकीत बनाईरहेको अवस्थामा हुनेखाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो । गैरेले सहयोगका लागि सिवाईसीलाई विशेष धन्यवाद तथा आभार समेत व्यक्त गर्नुभएको थियो ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न बैशाख देखि आषाढ मसान्त सम्मको लागि ऋणमा लिदै आएको ब्याजदरमा ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको समेत संस्थाले जानकारी दिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा सिवाईसी साकोसका सञ्चालक सदस्य हर्कवहादुर पाण्डे, सदस्य सेवाकेन्द्र हटियाका संयोजक रामवहादुर खत्री, सदस्य खिम शाहानी, लक्ष्मी खड्का र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. हटिया शाखाका प्रवन्धक रेनु खड्का, सिवाईसी साकोस सदस्य सेवाकेन्द्रका प्रमुख रिमा भण्डारी र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका सिनीयर केन्द्र व्यवस्थापक बेलु गिरीको उपस्थिती रहेको थियो ।