११ जेठ २०७७
विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले जिल्लाको एक पालिकामा आर्थिक सहयोग उपलब्ध गराएको छ ।
जिल्लाको वडिगाड गाउँपालीकाले कोरोनाको संक्रमण रोक्न तथा त्यसलाई महामारीको रुपमा फैलन नदिन स्थापना कोषमा संस्थाले २० हजार रुपैया प्रदान गरेको हो ।
गाउँपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई संस्थाले उक्त रकम सहयोग गरेको हो । संस्थाको खर्वाङ शाखा कार्यालयका शाखा प्रवन्धक सुवास नेपाली सहितका प्रतिनिधिहरुले आइतबार गाउँपालीका अध्यक्ष मेयरसिंह पाईजालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न ऋणमा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal