सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष पद्मनाथ शर्माले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५।०७६ मा गरेका कार्यक्रम तथा गतिविधिहरु र आ.व. ०७६।०७७ मा सञ्चालन गर्ने नीति तथा कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव सहितका सञ्चालक समितिबाट प्रस्तुत साधारण र विशेष गरी १२ वटा प्रस्तावहरुलाई सर्वसम्मतीले पास गरेको छ । साधारण सभामा बोल्ने अधिकाँश वक्ताहरुले संस्थाको कारोवार बृद्धिसंगै कार्जाको गुणस्तरीयतामा विशेष जोड दिनुपर्ने बताएका थिए ।
साधारण सभाको कार्यक्रममा जमैनी नगरपालीकाका नगरप्रमुख एवं संस्थाका संस्थापक शेयर सदस्य ईन्द्रराज पौडेल, संस्थाको मुख्य प्रवद्र्धकको रुपमा रहेको चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, शेयरधनीहरुको तर्फबाट संस्थाका निवर्तमान सञ्चालक सीता शर्मा, शेयरधनी अशोकगोविन्द राजभण्डारी लगाएतले बोल्नु भएको थियो । त्यस्तै साधारण सभाले पद्मनाथ शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचीत गरेको छ । जसको सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल र मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालको तर्फबाट डोलिन्दप्रसाद शर्मा रहेका छन् ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले शेयरधनीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । अधिकारीले संस्थामा हालसम्म २५ वटा शाखा कार्यालय, ३९ हजार ३ सय ६४ ग्राहक सदस्य, २६ हजार ५ सय २१ ऋणी सदस्य, १ अर्व ७ करोड ४३ लाख लगानीमा रहिरहेको कर्जा, ६७ करोड ४२ लाख बचत रकम रहेको बताउनु भयो । उहाँले आगामी ०७६।०७७ मा संस्थाका ३० वटा शाखा कार्यालय, ४४ हजार ४ सय ८९ ग्राहक सदस्य, १ अर्व ६७ करोड लगानीमा रहिरहेको कर्जा, ९२ करोड ४७ लाख बचत पु¥याउने लक्ष्य लिएको बताउनु भएको थियो । साधारण सभा संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीको स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
2026 © CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. All rights reserved. Developed By Webtech Nepal