Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

सिवाईसी लघुवित्तको समिक्षा बैठक सम्पन्न

०३, चैत्र २०७६ बागलुङ

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आर्थिक वर्ष ०७६।०७७ को फाल्गुण मसान्तसम्मको प्रगति समिक्षा गरेको छ ।
सोमवार बागलुङ बजारको होटल दि राजनमा सम्पन्न प्रगति समिक्षा बैठकमा संस्थाका शाखा कार्यालयको प्रतिनिधित्व गरेर आएका शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको प्रगति प्रस्तुती र भावि रणनीतिहरु प्रस्तुत गरेका थिए ।

समिक्षा बैठकमा संस्थाले सञ्चालन गरेका कार्यहरुको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय व्यवस्थापनलाई सदृढिकरण, सेवा विस्तार, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल भएको थियो ।
बैठककै क्रममा संस्थाका कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउन एवं आगामि दिनमा शाखा कार्यालयहरुले गर्नुपर्ने कार्यहरुको बारेमा संस्थाका सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्मा, सञ्चालक डोलीन्द्रप्रसाद शर्मा, ओमप्रकाश पौडेल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले निर्देशनात्मक सल्लाह सुझाव दिनुभएको थियो ।
आ.व. ०७६।०७७ को फाल्गुण मसान्त सम्ममा संस्थाका २५ वटा शाखा कार्यालय, १४१ जना कर्मचारी, ३८ हजार सदस्य, २६ हजार ऋणी सदस्य, ७० करोड बचत र १ अर्व १३ करोड लगानीमा वाँकी ऋण रहेको संस्थाले जनाएको छ ।