Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाद्वारा ३ पालीकाको कोरोना रोकथाम कोषमा सहयोग

१२ जेठ २०७७

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले पश्चिम बागलुङका ३ पालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संस्थाले पालीकाहरुले स्थापना गरेको कोरोना रोकथाम कोषमा ४० हजार रुपैया प्रदान गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले नेपालमा पनी सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत केन्द्रिय कार्यालयले गरेको निर्णयानुसार शाखा कार्यालय बुर्तिवाङले ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा रकम जम्मा गरेको थियो । जसअनुसार ढोरपाटन नगरपालीकामा २०, नीसीखोला गाउँपालीकामा १५ हजार र तमानखोला गाउँपालीकामा ५ हजार हस्तान्तरण गरिएको थियो ।
रकम ढोरपाटन नगरापालीकाका नगरप्रमुख देवकुमार नेपाली र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, नीसीखोला गाउँपालीकाका अध्यक्ष तारानाथ पौडेल र तमानखोला गाउँपालीकाका अध्यक्ष जोकलाल बुढालाई सिवाईसी टिमले हस्तान्तरण गरेको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक गण्डकी थापा अधिकारी, संस्थाका शुभचिन्तक मेशलाल शर्मा, बुर्तिवाङ शाखाका प्रवन्धक दयाराम थापा र कर्मचारी हेमलाला श्रीसको उपस्थिती रहेको थियो ।