Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

म्याग्दी र पर्वतका तिन पालीकाको कोरोना कोषमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को सहयोग

२५ जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले म्याग्दीका ३ स्थानीय तहहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संस्थाले म्याग्दी स्थित बेनी नगरपालीकालाई रु. ५ हजार, मंगला गाउँपालीकालाई रु. १० हजार र पर्वत स्थित जलजला गाउँपालीकालाई रु. ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गाउँपालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाको म्याग्दीमा रहेका बाबीयाचौर र गलेश्वर शाखाको संयोजनमा उक्त रकम गाउँपालीकाहरुलाई हस्तान्तरण गरिएको थियो । संस्थाको गलेश्वर शाखाका शाखा प्रमुख शारादा रानाले बेनी न.पा. का प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र जलजला गा.पा. का प्रमुख यावहादुर मल्ललाई एवं बाबीयाचौर शाखाका शाखा प्रमुख गोमा बस्नेतले मंगला गा.पा. का अध्यक्ष शतप्रसाद रोकालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न कर्जामा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।