Call Us:
+(977) 061-590894, 590895
Visit Us:
Sabhagriha Chowk,Pokhara

Scholarship Program

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.को विशेष साधारण सभा सम्पन्न

शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारीत
१४ जेठ २०७८, बागलुङ
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्माले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको प्रस्ताव सभाले पारित गरेको हो ।
विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।
शालिग्रामको १०० कित्ता सेयरलाई सिवाईसी नेपालको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि शेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पार्नुभएको थियो ।
सभामा शेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाईहरु राख्नुभएको थियो । सभाको सञ्चालन संस्थाका कमपनी सचिव चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।
यसैबीच, शालिग्राम लघुवित्त वित्तीय संस्था लि. को शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था लि. प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

अर्चले पिपलबोटमा सिवाईसी नेपाल लघुवित्तले दियो स्ट्रेचर

१९ माघ २०७७ पाल्पा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले निस्दी गाउँपालिका–६ अर्चलेमा स्ट्रेचर हस्तान्तरण गरेको छ । संस्थाको रामपुर शाखा मार्फत अर्चले पिपलबोट टोलका लागि स्ट्रेचर प्रदान गरेको हो ।

“बेरोजगार सँग रोजगार, उत्पादन सँग बजार, आर्थिक अभावसँग सिवाईसी नेपाल लघुवित्त” भन्ने मुल नाराका साथ सञ्चालित संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्ट्रेचर प्रदान गरेको हो । गाउँ सम्म यातायातको सुविधा भए पनि कोही विरामी पर्दा गाडी सम्म ल्याउनका लागि स्ट्रेचर नहुँदा समस्या भएको संस्थामा आवद्ध महिलाहरुले सुनाएका थिए ।

महिलाहरुको आग्रहमा संस्थाले स्ट्रेचर प्रदान गरेको रामपुर शाखा कार्यालयका प्रमुख दिपक खत्रीले बताउनुभयो । शाखा प्रमुख खत्री र संस्थाका कर्मचारी विर बहादुर थापाले र केन्द्र प्रमुख डुमिसरा खण्डलुलाई स्टेचर हस्तानतरण गर्नु भएको थियो । बागलुङ केन्द्रीय कार्यालय रहेको संस्थाले ससामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ ।

सिवाईसीले गर्‍यो प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई विदाई

३१ भाद्र २०७७, बागलुङ

विगत ३ वर्षयता चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रोशनकुमार अधिकारीलाई संस्थाहरुले एक समारोहका विच बुधबार ससम्मान विदाई गरेका छन् ।

आफनो कार्यकालमा अधिकारीले दुबै संस्थाको विकासमा पु¥याएको योगदानको लागि उनलाई संस्थाहरुले सम्मान पनि गरेका छन् । निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्मा र चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले छुट्टाछुट्टै सम्मान पत्र र सम्झनाको चिनो सहित विदाई गरेका थिए ।

विदाईका क्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष शर्माले अधिकारीको कार्यकालमा संस्थाले हाँसील गरेका उपलब्धि र सफलताको प्रशंसा गर्नुभएको थियो । त्यस्तै चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले चारतारे युवा क्लव नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशिल बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । पौडेलले संस्थाबाट विदाई भएर गएतापनी सबैजना वित्तीय क्षेत्रमै रहने हुनाले यस पछाडि पनि अधिकारीसंग पारस्पारीक सहयोग र समन्वय रहिरने बताउनु भयो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीले सिवाईसीको ३ वर्षे बसाईमा आफुले प्रमुख कार्यकारी अधिकृतको रुपमा भन्दा पनि प्रशिक्षकको रुपमा काम गरेको बताउनु भएको थियो । अधिकारीले संस्थामा यस पूर्व पनि आर.एम.डि.सीको तर्फबाट २०६३ सालमा अनुगमनका लागि आएको र पुन संस्थामा आई फिन्गोबाट “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थामा रुपान्तरण गरी यो अवस्थामा ल्याई पु¥याएकोमा सन्तोष व्यक्त गर्नुभएको थियो ।

विदाई कार्यक्रममा चारतारे युवा क्लव सिवाईसी नेपालका सचिव विरवहादुर किसान, सिवाईसीका संस्थापक सीता शर्मा, सिवाईसी लघुवित्तका सञ्चालक ओमप्रकाश पौडेल र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट प्रवन्धक संगिता शर्माले अधिकारीलाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारी चारतारे युवा क्लव नेपालमा मिति २०७४ कार्तिक १ गतेदेखि नियुक्त हुनुभएको थियो भने नेपाल राष्ट्र बैंकको फिन्गोहरुलाई “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्ने नीति अनुसार संस्था रुपान्तरण भईसकेपछि मिति २०७५ असोज १ देखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यभार सम्हाल्नु भएको थियो ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.बागलुङले शालीग्राम लघुवित्त वित्तीय संस्था लि. म्याग्दीलाई प्राप्ती गर्ने सहमती

सुमन जि.सी.
२० भाद्र २०७७, बागलुङ

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती (एक्विीजीशन) गर्ने भएको छ ।

सिवाईसीले शालीग्रामलाई प्राप्ती (एक्विीजीशन) गर्ने सम्वन्धि समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रिय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न÷गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा आजको मितिले ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.राख्ने उल्लेख छ ।

हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । प्राप्ती (एक्विजिसन) पश्चात एकिकृत संस्थाको संस्थापक सेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजिको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रिको लागि निष्कासन गरेपश्चात चुक्ता पुँजि १२ करोड ५१ लाख कायम हुनेछ ।

समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै संस्थाका अध्यक्ष पद्मनाथ शर्माले प्राप्ती पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले स–साना संस्थाहरु धैरै बनाउने भन्दा पनि एउटा ठुलो संस्था बनाएर सदस्यहरुलाई कसरी वढि भन्दा वढि सुविधा दिन सकीन्छ भन्न दिशातर्फ जानुपर्ने बताउनु भयो । पछिल्लो समयमा लघुवित्त संस्थाहरु नाफामा मात्र केन्द्रित हुँदा लघुवित्त कार्यक्रमको मुल मर्मबाटै संस्थाहरु विचल्लीत भईरहेको समेत उहाँले बताउनु भएको थियो । कार्यक्रममा शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि प्राप्तीका समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शालिग्रामका सञ्चालक सन्तोष रावल, भ्रच्योल माध्यमबाट सिवाईसीका सञ्चालक डोलीन्द्र प्रसाद शर्मा तथा शालीग्रामका सञ्चालक ज्ञानेन्द्र सुवेदी र अर्जुन थापाले आफ्ना भनाई राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा समझदारी पत्र प्रस्तुत सिवाईसीका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र सञ्चालन सिवाईसीका प्रवन्धक संगिता शर्माले गर्नुभएको थियो ।

ईस्माका पहिरो पिडितलाई सिवाईसी नेपाल लघुवित्तद्धारा राहत प्रदान

१०, श्रावण २०७७, गुल्मी

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले गुल्मीको ईस्मा गाउँपालीका वडा नं. ४ का पहिरो पिडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मिति २०७७ श्रावण ४ देखि ६ गतेसम्मको लगातार वर्षाका कारण इस्मा गाउँपालीका वडा नं. ४ मा निर्माण हुँदै गरेको राक्से, पौदीअमराई ईस्मा मोटरबाटो निर्माण स्थलबाट पहिरो झर्दा त्यहाँ स्थित १० घरमा पहिरोले क्षती पु¥याएको थियो ।

पहिरोमा परी १० घर विस्थापीत भएपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. खर्वाङ शाखाले विस्थापीत परिवारलाई शनिवार आर्थिक राहत उपलब्ध गराएको हो । संस्थाले आफ्नो समुदायप्रतीको उत्तरदायीत्वलाई आत्मसात गरी विस्थापीत प्रत्यक परिवारलाई रु. २ हजारका दरले रु. २० हजार राहत प्रदान गरेको हो ।

संस्थाका सदस्य समेत रहेका पिडितहरुलाई संस्थाको खार्वङ शाखाका शाखा प्रमुख सुवास नेपालीले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा नेपालीले पहिरोले पु¥याएको क्षती प्रती दुःख व्यक्त गर्नुभएको थियो । उहाँले सिवाईसी सधै सदस्यहरुको सुख दुखको साथी भएकाले संस्थाले बचत तथा ऋणको कारोवार मात्र नगरी मानविय समवेदनामा पनी अग्रसरता देखाउदै आएको बताउनु भएको थियो ।

बागलुङ नगरपालीकाको कोरोना कोषमा सिवाईसी सञ्जालको ६० हजार सहयोग

२७ जेठ २०७७

जिल्ला स्थित चारतारे युवा क्लव, सिवाईसी नेपाल, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मंगलबार बागलुङ नगरपालीकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा संस्थाहरुले संयुक्त रुपमा नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु. ६० हजार आर्थिक सहयोग उपलब्ध गरएका हुन् । जसमा चारतारे युवा क्लव सिवाईसी नेपालको तर्फबाट रु १० हजार र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट २५ र सिवाईसी साकोसको तर्फबाट २५ हजार उपलब्ध गराएको संस्थाहरुले जानकारी दिएका छन् ।

सहयोग रकम सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पोडेलले नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा नगरप्रमुख पौडेलले महामारीको सामाना गर्नका लागि सिवाईसीले नगरपालीकालाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सहयोगको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले नेपालमा पनी सरकारले महिनौदेखि निरन्तर लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यस क्षेत्रका गरीव, विपन्न, अशक्त र पछि परे पारिएका परिवारलाई राहात होस भन्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको कोषमा संस्थाहरुले उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले हस्तान्तरणका क्रममा बताउनु भयो ।

संस्थाहरुले समुदाय प्रतिको उत्तरदायीत्वलाई ध्यानमा राखी हालसम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्रका पालीकाहरुमा ३ लाख १० हजार र सिवाईसी साकोसले बागलुङ जिल्लाका नगरपालीकाहरुमा २५ हजार र गाउँपालीकामा २० हजार गरी २ लाख २० हजार गरी ५ लाख ३० हजार कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराईसकिएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार शकुन्तला शर्मा, सिवाईसीका संस्थापक सीता शर्मा, कोषाध्यक्ष सीता सापकोटा, सहसचिव सुवास आचार्य, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी प्रवन्धक संगिता शर्मा पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

यससंगै संस्थाहरुले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकरण गर्न बैशाख देखि आषाढ मसान्त सम्मको लागि ऋणमा लिदै आएको ब्याजदरमा छुट दिने व्यवस्था मिलाएको समेत जानकारी दिएका थिए ।

म्याग्दी र पर्वतका तिन पालीकाको कोरोना कोषमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को सहयोग

२५ जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले म्याग्दीका ३ स्थानीय तहहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संस्थाले म्याग्दी स्थित बेनी नगरपालीकालाई रु. ५ हजार, मंगला गाउँपालीकालाई रु. १० हजार र पर्वत स्थित जलजला गाउँपालीकालाई रु. ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गाउँपालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाको म्याग्दीमा रहेका बाबीयाचौर र गलेश्वर शाखाको संयोजनमा उक्त रकम गाउँपालीकाहरुलाई हस्तान्तरण गरिएको थियो । संस्थाको गलेश्वर शाखाका शाखा प्रमुख शारादा रानाले बेनी न.पा. का प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र जलजला गा.पा. का प्रमुख यावहादुर मल्ललाई एवं बाबीयाचौर शाखाका शाखा प्रमुख गोमा बस्नेतले मंगला गा.पा. का अध्यक्ष शतप्रसाद रोकालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न कर्जामा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

पर्वतका दुई पालीकाको कोरोना कोषमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि= को सहयोग

२१ जेठ २०७७

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा बागलुङ स्थित केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले पर्वतका २ स्थानीय तहहरुमा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संस्थाले पर्वत स्थित पैंयु गाउँपालीकामा रु. १० हजार र ब्यादी गाउँपालीका रु. ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गाउँपालीकाहरुले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाको पर्वतमा रहेको हुवास शाखा र गुल्मीमा रहेको पुर्तिघाट शाखाको संयोजनमा उक्त रकम गाउँपालीकालाई हस्तान्तरण गरिएको थियो । संस्थाको पुर्तिघाट शाखाका शाखा प्रमुख झलक पौडेल र हुवास शाखाका शाखा प्रमुख दिपक नेपालले पैयु गा.पा. का प्रमुख खगेन्द्र प्रसाद तिवारी र उपप्रमुख जस्मती गुरुङलाई र व्यादी गा.पा. का उपप्रमुख डम्मरकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण सरकारले दुई महिनादेखि लकडाउन गरिरहेको अवस्थामा लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यसक्षेत्रका गरीव, विपन्न, अशक्त परिवारलाई राहात होस भन्ने हेतुले पालिकाले सञ्चालन गरेको कोषमा संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्ग विभिन्न समयमा आफ्नो कार्यक्षेत्रमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न कर्जामा लिदै आएको ब्याजदरमा पनि ३ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।